विराटनगरमा एकैपटक ६ जनाले जिते कोरोना, फूल बोकेर डिस्चार्ज

विराटनगर । कोरोना संक्रमण देखिएर विराटनगरमा उपचार गराइरहेका ६ जना आज विहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै भारतीय नागरिक छन् ।

विहान विराटनगर स्थित कोरोना विषेश अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन् ।

उदयपुरको एक मस्जिदमा रहेको समयमा एकै समय कोरोना संक्रमण पुष्टि भएका १२ मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई डिस्चार्ज गरिएको हो ।

एकै समय कोरोना संक्रमण भएका मध्ये उनिहरुको तीन पटक सम्मको परीक्षणमा कोरोना नेगेटिभ देखिएको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जनाकारी दिए ।

अस्पतालमा उपचार गराईरहेका ३१ मध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । डिस्चार्ज भएकाहरुले सञ्चारकर्मी सँग कुरा गर्दै अस्पतामा राम्रो रेखदेख र स्याहार भएको प्रतिकृया दिए ।

‘५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये आज डिस्चार्ज भएका ६ जना मुस्लिम धर्म प्रचारक जमातीले हुन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको मन्त्री घिमिरेले जानकारी दिए ।

उनिहरुको अनुमतीमा सामाजिक विकास मन्त्री जिवन घिमिरेले उनिहरुको नाम सार्वजनिक समेत गरेका छन् ।

डिस्चार्ज पछि उनिहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ । सबै भारतीय नागरिक रहेको र हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल त्यहिँ राखिने बताईएको छ ।

मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था गरिएको छ ।

Back to top button