
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
गणेश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २४ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।
काठमाडौंबाट घर आएका ती पुरुषको आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
उनीसँगै क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वाब परीक्षणबाट कोरोना नभएको पुष्टि भएको छ।
“हिजोमात्रै पाँचथरका २० जनाको स्वाब परीक्षण गरिएको हो, “स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भने आरडीटी पोजेटिभ देखिएका पुरुषसहित सबैको पीसीआर नेगेटिभ देखिएको हो।”