ताप्लेजुङ, खोटाङ र दार्चुलाका डिएसपी फेरिए, ताप्लेजुङमा महेन्द्र श्रेष्ठ

विराटनगर। प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका डिएसपी हेरफेर गरेको छ । ताप्लेजुङ, खोटाङ र दार्चुलाका डिएसपी फेरिएका हुन् ।

ताप्लेजुङमा महेन्द्र श्रेष्ठ, खोटाङमा नारायण चिमोरिया तथा दार्चुलामा पदम बिष्टलाई पठाइएको छ । ती जिल्लाका डिएसपी एसपीमा बढुवा भएपछि काज सरुवा गरिएको हो ।

बढुवा भएका एसएसपी र एसपीलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह लगाउन लागिएको छ। त्यसपछि थप एसपी र डिएसपीको सरुवा र पदस्थापनको तयारी छ ।

यसअघि ६ जिल्लाका एसपी सरुवा गरिएको थियो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी ९पश्चिम०मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम) का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

Back to top button