ताप्लेजुङको आगलागी क्षेत्रको मन्त्री भट्टराईले गरे अनुगमन, आमालाई भेटेर फर्किए काठमाडौं

ताप्लेजुङ । गत शुक्रबार राती ताप्लेजुङमा भएको आगालागी क्षेत्रको संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले अनुगमन गरेका छन् ।

आइतबार विहान ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् । ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री भट्टराइले अनुगमन पछि स्थानीय सरोकारवाला सँग छलफल सममेत गरेका थिए ।

उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा मन्त्री भट्टराईले ताप्लेजुङलाई आगालागी, बाढी, पहिरोसहित प्राकृतिक जोखिमलाई न्यूनिकरण गर्न सरकारले विषेश कार्यक्रम ल्याउने बताए ।

उनले अहिले भएको आगलागी पछि पुनस्र्थापना र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवदता व्यक्त गरे ।

हेलिकोप्टर मार्फत विहान काठमाडौंबाट ताप्लेजुङ पुगेका मन्त्री भट्टराई सहित गृह मन्त्रालय विपत राहत तथा उदार प्रमुख अनिल पोखरेललेको टोलीले पहिले सुकेटार विमानस्थलको धावन मार्गको अवलोकन गरेको थियो ।

सुकेटार विमानस्थलमा अहिले स्तरोन्नतीको काम भइरहेको छ । सुकेटार विमानस्थलको अवलोकन र आगलागी प्रभावित क्षेत्रको अनुगमन पछि सदरमुकाम स्थित घरमा पुगेर आमालाई भेटी मन्त्री भट्टराई काठमाडौ फर्कीएका छन् ।

Back to top button