मन्त्री योगेश भट्टराई आगलागी प्रभावित क्षेत्र ताप्लेजुङ जाँदै

विराटनगर । संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराई आगलागी भएको क्षेत्रको अवलोकन र विस्थापितलाई भेट्न अहिले विहान ताप्लेजुङ जाँदैछन् ।

हेलीकोप्टर मार्फत मन्त्री भट्टराई ताप्लेजुङ जान लागेका हुन् । उनी अहिले एयरपोर्ट पुगेका छन् । मन्त्री भट्टराई आगलागी भएको क्षेत्रको अवलोकन र प्रभावितलाई भेटेर आजनै काठमाडौ फर्कने बताइएको छ ।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री भट्टराईले हिजो शनिबारनै एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागी भएको क्षेत्रको पुर्नस्थापनामा आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएका थिए ।

मन्त्री भट्टराईले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति समेत व्यक्त गरेका छन् ।

शुक्रबार राती भएको आगलागीले ताप्लेजुङ सदरमुकममा ८ घर जल्दा ७ करोड बढीको क्षती भएको थियो ।

Back to top button