तमोर नदीमा बेपत्ता ताप्लेजुङका मनोज १० दिन पछि मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा माछा मार्न जाँदा गत बैशाख १० गते बाट बेपत्ता आठराई त्रिवेणी गाउँपालिका २ का १७ बर्षीय मनोज काम्बाङ मृत फेला परेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका २ को ईवा र आठराई गाउँपालिका ३ ह्वाकुको सिमानामा पर्ने हिउँदिया दोभानमा मनोज मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता भएको १० दिन पछि शनिबार बेलुका साढे ६ बजे उनलाई खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले मृत फेला पारेको हो ।

Back to top button