महोत्तरीमा अज्ञात रोगले ११ जनाको मृत्यू, स्वास्थ्यकर्मीको टोली प्रभावित वस्तीमा

काठमाडौं । महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेपछि मृत्युको कारण बारे सरकारले अध्ययन सुरु गरेको छ । महोत्तरीमा शनिबार थप दुई जनाको मृत्यु भएको हो ।

बर्दिवास नगरपालिका १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षका भारतीय मोतिलाल प्रजापती र भंगाहा ६ जमुनियाँका ४८ वर्षका पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो ।

घटना बारेमा अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.अमृत पोखरेल, विश्व स्वास्थ्य संगठन डल्युएचओका डा। सुदीपा खड्कासहित महोत्तरी जिल्ला स्वास्थ्य कार्यालयको टोली प्रभावित वस्तीमा पुगेको छ ।

टोलीले स्थानीयलाई भेटेर अनुसन्धान सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरिक्षक गिरेन्द्र झाले जानकारी दिए ।

Back to top button