
ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङलिङका आगलागी प्रभावितहरुलाई तत्काल राहत सहित दिर्घकालिन सहुलियत प्रवन्ध गर्न सबै पक्ष संग आव्हान गरेको छ ।
आगलागीको घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवारको पुर्नस्थापनाका लागि राजनीतिक दल, विभिन्न सामाजिक संघसस्था र तीनै तहका सरकार संग काँग्रेसले यस्तो आव्हान गरेको हो ।
आज एक प्रेश विज्ञप्ति जारी गर्दै काँग्रेसले भविष्यमा हुन सक्ने यस्ता घटनालाई मध्यनजर गरि पुर्व तयारी र सचेतना कायम गर्न गराउन सम्वन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । यस्तै जिल्लामा पटक पटक आगलागिका घटना भईरहे पनि घटना नियन्त्रण तथा न्युनिकरणमा कसैले ग’म्भिरता नदेखाएको प्रति आफ्नो ध्यानाकर्षण भएको पनि काँग्रेसले जनाएको छ ।
आगलागीका समयमा अग्नि नियन्त्रणको काममा समेत लापरबाहि हुने गरेको गुनासो आगलागी पीडितबाट आएको भन्दै यस प्रति समेत आफ्नो पार्टी गम्भिर बनेको विज्ञप्तिमा जनाईएको छ ।