
झापा । झापाको अर्जुनधारा नगरपालिका १ का ६५ बर्षीय दुर्गा खपाङगी मगर खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा शनिबार विहान ९ बजे फेला परेका थिए ।
मगरको मृत्यूका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।