६ जिल्लाका एसपी फेरिए, सुनसरीमा कमल थापा

विराटनगर । प्रहरी प्रधान कार्यालयले सुनसरी जिल्लामा प्रहरी उपरीक्षक (एसपी) मा कमल थापा पठाएको छ । जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गर्ने क्रममा सुनसरीमा थापालाई सरुवा गरेको हो ।

कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । अन्य जिल्ला मध्ये बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

Back to top button