नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्ने, के हुन्छ आजको बैठकमा ?

काठमाडौं । आज शनिबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । गत बुधबार बसेको सचिवालय बैठकमा शनिबार बैठक बस्ने भनिए पनि समय तय भएको थिएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकले हाल सिर्जित विवाद समाधान गर्ने अपेक्षा गरिएको छ । अहिले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहालले आज बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।

Back to top button