
काठमाडौँ । नेकपा केन्द्रीय सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार दिउँसो शीतल निवास गएको सरकारी उच्चस्रोतले बतायो। नेकपामा महत्वपूर्ण निर्णय हुनुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै आएका छन्।
राष्ट्रपतिलाई भेटेर आएपछि ओलीले आफूले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका नेता वामदेव गौतमलाई भेटेको बुझिएको छ।
यसैबीच केहीबेरमा बालुवाटारमै नेकपा केन्द्रीय सचवालय बैठक बस्दै छ। यसका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु बालुवाटार पुगिसकेका छन्।