ताप्लेजुङको खाद्य संस्थानमा चामल आयो तर, बिक्री नगर्ने

ताप्लेजुङ । चामल रित्तिएको खाध्य संस्थान ताप्लेजुङमा १ हजार क्विन्टल चामल पुगेको छ । तर, आर्थिक वर्ष ७७/७८ को लागी सो चामल आएकोले तत्काल विक्री वितरण नगर्ने भएको छ ।

जिल्ला प्रशासन र खाद्य संस्थाबिचको छलफलले अहिले आएको चामल बिक्री नगर्ने निर्णय गरेको ताप्लेजुङकी खाद्य संस्थानका कार्यालय प्रमुख तुलमाया लोवाले जानकारी दिइन् ।

ताप्लेजुङ जिल्लाको लागि दुई हजार क्विन्टल कोटा भएपनि अहिले काटिएर एक हजार क्विन्टलमा झरेकाले जिल्लामा पुर्याउनै मुस्किल भएको उनको भनाई छ । आपतकालीन समय तथा जिल्ला प्रशासनको सिफारिसमा मात्र अब आएको चामल बिक्री वितरण गर्ने निर्णय भएको लोवाले जानकारी दिइन् ।

अहिले फुङलिङ नगरपालिकाले ७५, फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेप ५० मेरिङदेन गाउँपालिकाले ५० र मिक्वाखोला गाउँपालिकाले २० क्विन्टल जिल्ला प्रशासनबाट सिफारिस आईसकेको छ । अहिले खाद्य संस्थानले चामलमा १० प्रतिशत छुट दिएका छ ।

Back to top button