मन्त्री भट्टराईको नेतृत्वलाई सुझाव ‘समस्या बोकेर पसल पसल नडुलौँ’

विराटनगर । नेकपा स्थायी समिति सदस्य समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले सम्बादबाटनै पार्टीको समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘छरपस्ट भएर छिररिएको छलफल सचिबालय बैठक मार्फत घरभित्र प्रबेस गरेको छ । त्यहाँबाट बाहिर ननिकालौ त्यता तिरै समाधान गरौ । बजारबन्द छ पसल पसल नडुलौ । संबाद, संबाद र फेरी पनि संबाद ।’

बिहीबार आफ्नो फेसवुक पेज मार्फत विचार सार्वजनिक गर्दै भट्टराईले पार्टीको समस्या बोकेर पसल पसल डुल्न नहुने उल्लेख गरे । ‘छरपस्ट भएर छिररिएको छलफल सचिवालय बैठक मार्फत घरभित्र प्रबेस गरेको छ,’ भट्टराई लेख्छन् ‘त्यहाँबाट बाहिर ननिकालौँ त्यता तिरै समाधान गरौँ ।’

पार्टीको समस्यालाई बाहिर ल्याएर अनावस्यक चर्चा गरेको तर्फ संकेत गर्दै उनले अघि लेखेका छन् ‘बजार बन्द छ पसल पसल नडुलौँ ।’ पार्टी समस्या समाधानमा उनले एउटै विकल्प राखेका छन् ‘संबाद, संबाद र फेरी पनि संबाद ।’

Back to top button