लण्डनमा बस्दै आएका भद्रगोलका ‘विलासे’मा देखियो ‘कोरोना पोजेटिभ’

काठमाडौं। नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

लण्डनमा बस्दै आएका उनलाई हालै कोरोना संक्रमण पुष्टी भएको हो । हाल उनी लण्डनमा नै छन् । कोरोना पोजेटिभ देखिएपछी उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको बताइएको छ ।

अहिले आफु पहिलाको भन्दा सहज महशुस गर्न थालेको कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले बताएका छन् ।

बिगत २ वर्षदेखी लण्डनमा बस्दै आएका उनी त्यहाँ सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् ।

Back to top button