कति वर्षकी भईन् नायिका पुजा शर्मा ? आज जन्मदिन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । बैशाख १६ गते सिन्धुपाल्चोकमा जन्मेकी उनले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् ।

चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो गीत गाउछु, प्रेम गीत, अझै पनि, रामकहानी, पोई पर्यो काले लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

पछिल्लो समय उनी कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण घरमै छिन् ।

Back to top button