
काठमाडौँ । संघीय संसदको बजेट अधिवेससन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफल भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाकारी दिए ।
त्यसक्रमा प्रधानमन्त्री र सभामुखबीच विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको थियो ।