विश्वमा कोरोना : २ लाख ११ हजारको मृत्यू, ९ लाख निको

काठमाडौँ, १६ वैशाख । विश्वभर कोरोना भाइरस मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४४३ पुगेको छ । वल्र्डमिटरले जारी गरेको रिपोर्ट अनुसार हालसम्म विश्वभर संक्रमितको संख्या ३० लाख ६२ हजार पुगेको छ ।

त्यसमध्ये ९ लाख २१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ५६ हजार २९३ जनाभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मध्यम खाले संक्रमितहरु १९ लाख २९ हजारभन्दा बढी रहेका छन् । ११० भन्दा बढी देशमा फैलिएको यो कोरोना भाइरसका कारण विश्वले अनेकौँ संकट भोग्न अझै बाँकी रहेको अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

युरोपमा यो भाइरसले कहर मच्चाइरहँदा अन्य महादेशमा भने यो भाइरसको प्रकोप भर्खर सुरु हुँदै गरेको अध्ययनकर्ताहरुको भनाई रहेको छ ।

Back to top button