ताप्लेजुङका तेञ्जिङ उक्यावले गरे कोरोना कोषलाई पाँच लाख रुपैयाँ सहयोग

ताप्लेजुङ । कोरोना भाइरसविरुद्ध लड्न ताप्लेजुङका तेञ्जिङ उक्यावले सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला घर भइ अमेरिका बस्दै आएका उक्यावले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

तेञ्जिङ आफैले प्रधानमन्त्री कार्यालयमा गएर चेक हस्तान्तरण गरेको नेपाल ट्रष्टकी सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन् । महामारीविरुद्ध लड्न सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको तेञ्जिङले बताए ।

तेञ्जिङले यसअघि पनि चीनको सीमाना तिपताला भञ्ज्याङबाट नेपालतर्फ सडक खन्न ५० लाख रुपैयाँ सहयोग गरेका थिए ।

Back to top button