ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

सोमबार विहान करिब ११ बजे खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि.को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको मृत्यू भएको हो ।

उनको घटनास्थलमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अनियन्त्रित ट्याक्टर करिब १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ट्याक्टरका सह-चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

Back to top button