ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा मोवाइल सेवा सुचारु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा अबरुद्ध मोवाइल सेवा आइतबारबाट सञ्चालनमा आएको छ ।

फक्ताङलुङ ६ मुरिङला डाँडामा रहेको टावर गत चैत २८ गते चट्याङले हाने पछि यो क्षेत्रमा टेलिकमको मोवाइल सेवा बन्द थियो ।

फक्ताङलुङ गाउँपालिको पहलमा नेपाल दुसंञ्चार कार्यालय ताप्लेजुङले प्रविधिक टोली पठाएपछि टावरलाई पूर्ण मर्मत गरि संञ्चालनमा ल्यएको स्थानीय कुसल फेम्बूले बताए ।

यो टावरबाट लेलेप ,तापेथोक, हेल्लोक लुङथुङ, लावाजेन सेकाथुम क्षेत्रका स्थानीयले सेवा पाउँदै आएा छन् ।

Back to top button