सकियो ओली-नेपाल समूहको बैठक, मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयासबीच भएको छलफल सकिएको छ। सोमबार नेपाल निवास कोटेश्वरमा भएको छलफल सकिएको छ।

छलफलमा भोलि सचिवालय बैठक बस्ने सहमति भएको नेपाल समूहबाट बैठकमा सहभागी रघुजी पन्तले जानकारी दिए। ुभोलि सचिवालय बैठक बस्ने सहमति गरिएको छु पन्तले भने ुत्यसपछि स्थायी समिति बस्ने गरी सहमति भयो।ु

सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए। नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने बताएपछि सोमबार दिउँसो बैठक बसेको थियो। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्‍त्री इश्वर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली र शंकर पोखरेल र नेपाल समूहबाट माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त कोटेश्वरमा सहभागी थिए।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्‍नुपर्ने निश्कर्ष निकालेपछि ओलीले समूहले नेपाल समूहलाई आफुतिर ल्याउन हरदम प्रयास गरिरहेको छ।

कोटेश्‍वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच छलफल भएको थियो। कोटेश्वरमा नेपाल र ओली समूहको निष्कर्षपछि खुमलटार छलफलले थप रणनीति बनाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको हो। यसका लागि नेपाललाई उपयोग गर्ने रणनीतिअनुसार उनलाई फकाउने प्रयास भइरहेको छ। ओली कुनै पनि हालतमा हट्न तयार नहुने अवस्था र विरोधी पक्षको सक्रियताका कारण कुनै बेला नेकपाभित्र दुर्घटना हुनसक्‍ने चिन्ता पार्टी पंक्तिमा छाएको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छन्प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

स्थायी समितिमा ओली स्‍पष्ट अल्पमतमा छन्। नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ओली पक्षमा जम्मा १२ जना मात्रै छन्। ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्।

ओलीलाई कमजोर बनाएर आफ्नो समूह बलियो बनाउनका लागि प्रचण्डले कहिले वामदेव गौतम निवास भैंसेपाटीमा त कहिले नेता नेपाल निवास कोटेश्वरमा छलफल तीब्र पारेका थिए। केही दिन अघि वामदेव निवास भैंसेपाटीमा बहुमत सचिवालयसँग छलफल गरेर ओलीलाई अल्पमत पारेका प्रचण्डले आइतबार मात्रै नेपाल निवास कोटेश्वरमा छलफल गरेर ओलीलाई आफु बलियो भएको सन्देश दिएका थिए। ANNAPURNA POST

Back to top button