आज मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १५ बैशाख । आज देशभरको मौषम सामान्य बदली रहने छ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले जनाएको छ।

पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Back to top button