असिनापानीले तरकारी बालीमा क्षति

रामपुर, १५ बैशाख । असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।

तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ । यहाँ लगाइएको काँक्रा, करेला, गोलभेँडा, सिमी र खुर्सानी जातका तरकारी असिनापानीले नष्ट पारेको छ ।

स्थानीयवासी यमबहादुर मश्राङ्गी आफूले आठ रोपनी जग्गामा लगाएको तरकारीमा असिनापानीबाट रु चार लाख बराबरको क्षति पुगेको बताए। सोही ठाउँकै राममाया लामिछानेले स्थायी टनेलमा लगाउनुभएको सिमी, गोलभेँडालगायत तरकारीमा क्षति पुगेको छ ।

Back to top button