विश्वमा कोरोना : २ लाख ३ हजार बढीको मृत्यु, अमेरिकामा ५४ हजार को ज्यान गयो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबार विहान सम्ममा ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ । वल्डो मिटरको तथ्याङ्क अनुसार ज्यान गुमाउनको संख्या २ लाख ३ हजार २५५ पुगेको हो ।

सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २४६ को ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणका कारण इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२ तथा बेलायतमा २० हजार ३१९ को मृत्यु भइसकेको छ ।

१८ लाख ७८ हजार ३५१ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५८ हजार १७८ को अवस्था गम्भीर रहको छ भने बाँकी उपचाररतको अवस्था मध्यम रहेको छ ।

नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् ।

Back to top button