
विराटनगर । झापामा कोरोना संक्रमितको संख्या थपिएको छ । आइतबार थप एक जना ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ भने प्रदेश १ मा ३१ र नेपालमानै ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको विराटनगर स्थित कोसी अस्पतालमा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । उनलाई आइतबार साँझनै कोरोना अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमित ती पुरुष झापा बाह्रदशी गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । ती पुरुष यस अघि उदयपुरमा कोरोना संक्रमित जमातीकै टोली भएको समाचार स्रोतले बताएको छ ।