
ताप्लेजुङ । काठमाडौबाट २१ वटा बसमा शनिबार विहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेका ६ सय ४८ जना आ–आफ्ना गाउँ÷गाउँ पुगेका छन् ।
शनिबार विहान काबेलीमा स्वास्थ्य परिक्षण गरेका उनिहरु सदरमुकामबाट कोही हिँडेर त कोही गाउँपालिकाले व्यवस्थापन गरेको सवारीमा गाउँ पुगेका हुन् । केही गाउँ पालिका सम्म पुग्ने बाटो कच्चि भएकाले स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई गाउँ सम्म पुर्याउन ट्याक्टरको समेत व्यवस्था गरेका थिए ।
सामान्य समयमा सवारीमा सविधा खोज्ने स्थानिय शनिबार बस र ट्याक्टरमा कोचिएर भएपनि यात्रा गर्न आतुर देखिन्थे । काठमाडौबाट फकिएका आ–आफ्ना तहका नागरिकको विवरण जनप्रतिनिधि सँग भएकाले उनिहरुको स्वास्थ्य र होम क्वारेन्टाइनमा बसे नबसेको निगरानी जनप्रतिनिधीलेनै गर्ने काठमाडौबाट ताप्लेजुङ पठाउन समन्वय गर्ने ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।
काठमाडौंबाट शनिबार ताप्लेजुङ पुगेको बसले सिरिजंघा र सिदिङ्वा गाउँपलिकाका स्थानीयलाई पाँचथरको गणेशचोकसम्म र अन्य स्थानीय तहकालाई फुङलिङ बजारसम्म पुर्याएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जिल्लामा सबैलाई पुग्ने क्वारेन्टाइन नभएका कारण उनीहरू १४ दिनसम्म होम क्वारेण्टाइनमै बस्ने बताए ।