काठमाडौबाट ताप्लेजुङ फर्केकाको काबेलीमा स्वास्थ्य परिक्षण

ताप्लेजुङ । काठमाडौबाट ताप्लेजुङ लगिएका नागरिकको ताप्लेजुङ पाँचथरको सीमाना काबेलीमा शनिबार विहान स्वास्थ्य परीक्षण गरिएको छ ।

विहीबार काठमाडौबाट २१ वटा बसमा राखेर लगिएका ६ सय ४८ जनाको काबेली पुलमा लाइन लगाएर सबैको स्वास्थ्य परिक्षण गरिएको प्रदेश १ का सांसद बलबहादुर साम्सोहाङ्ले जानकारी दिए ।

लकडाउन लम्बिएर समस्यामा परेका काठमाडौंमा बस्दै आएका ताप्लेजुङ्गेहरुलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको पहल तथा मन्त्री योगेश भट्टराईको अगुवाइमा ताप्लेजुङ लैजाने व्यवस्था मिलाईएको हो ।

ताप्लेजुङका स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई घर घर सम्म पुर्याउने व्यवस्था मिलाएका छन् । उनिहरुलाई घर घरमा क्वारेन्टाइनमा बस्न स्थानीय तहले आग्रह गरेका छन् ।

Back to top button