
उदयपुर । उदयपुरको भुल्केमा फैलिएको कोरोना भाइरस नुरी मस्जिदका धर्मगुरुबाट नभई अरुबाट फैलिएको निश्कर्ष नजिक प्रदेश सरकार पुगेको छ ।
भारतको उत्तर प्रदेशमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका युवा र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको निष्कर्षमा पुग्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
संक्रमित क्षेत्र उदयपुरमै बिहीबार आयोजित सर्ववक्षीय छलफलमा मन्त्री घिमिरेले जमातीबाट संक्रमण फैलिएको आधार नदेखिएको बताए । सुक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका ५ सदस्यमा संक्रमण देखिएकोले त्यहिबाट अन्यत्र फैलिएको आधार बलियो बनेको उनको भनाइ छ । यद्यपी दुबईबाट आएकाको बारेमा पनि अध्ययन भइरहेको उनले जानकारी दिए ।