अन्ततः प्रधानमन्त्री पछि हटे, दुईवटै अध्यादेश फिर्ता गर्ने निर्णय

काठमाडौं । सरकारले गत साता ल्याएका दुईवटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भएपछि पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने गरि संसोधन गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेश र तिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने गरि संसोधन गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको हो ।

राजनीतिक दल सम्बन्धी अध्यादेशले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको सरकारमाथी आरोप छ ।

हठकै भरमा ल्याएको अध्यादेशपछि नेकपाभित्र आफ्नो चर्को आलोचना भएको र फूटाउने भनेको राजपा र समाजवादी पार्टी एकजुट भएपछि प्रधानमन्त्री पछि हटेका हुन् ।

पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने तत्कालै राष्ट्रपतिले त्यसमा लालमोहर लगाएकी थिइन्।

Back to top button