काठमाडौबाट ताप्लेजुङ पठाइएका सबैले क्वारेन्टाइन बस्नुपर्ने

ताप्लेजुङ । काठमाडौबाट बिहीबार राति ताप्लेजुङतर्फ पठाइएका साढे ७ सय नागरिकले अब अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । ति मध्ये अधिकांश भने होम क्वारेन्टाइनमा रहने छन् ।

लकडाउनका कारण उपत्यकामा अड्किएका ७ सय ३६ जनालाई बिहीबार राति २३ वटा बसमार्फत ताप्लेजुङतर्फ ल्याइदैं छ । ताप्लेजुङका नागरिकलाई पर्यटनमन्त्री योगेशकुमार भट्टराई र ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा ताप्लेजुङ ल्याइदैं गरेको हो ।

सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले २३ वटा बस बिहीबार राति ताप्लेजुङतर्फ पठाइएको जानकारी दिए । ताप्लेजुङ जान चाहने उपत्यकामा रहेकाहरुलाई यहाँको फक्ताङ्लुङ, मैवाखोला, पाथीभरा याङ्वरक, सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले सहयोग गर्ने भनेका छन् । यो सहयोग सर्तसहितको हुने छ । जस अनुसार अहिले ताप्लेजुङसम्म पुग्दा लाग्ने सवारी खर्च यात्रु आफैंले व्यहोर्नु पर्नेछ । पछि गाउँपालिकाले सो बापतको रकम सम्बन्धित यात्रुलाई सोध भर्ना गरिदिने छ ।

तर त्यसका लागि प्रमुख यात्रुले गाउँपालिका पुगेपछि तोकिएको दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । आफ्नो पालिकाका नागरिक ल्याउन सार्वजनिक सूचना आवहन गर्ने यहाँका स्थानीय तहले आफूहरुले बनाएको मापदण्ड र क्वारेन्टाइनमा बस्नुपर्ने सर्त गरेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले काठमाडौबाट आएका सबै नागरिकले अब होम क्वारेन्टाइनमा बस्नुपर्ने र बसे÷नबसेको बारे सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनले निगरानी गर्नुपर्ने अवस्था आएको बताए ।

अहिले ताप्लेजुङका ९ स्थानीय तह र ३ बिभागीय निकाय९नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीमा गरी कूल १ सय ७९ शैयाको मात्र क्वारेन्टाइन रहेको छ । यो अवस्थामा काठमाडौबाट ल्याइएका सबै नागरिकलाई स्थापित क्वारेन्टाइनमा राख्न नसकिने भएकोले होम क्वारेन्टाइन उपयुक्त हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक मादेनले जानकारी दिए । नागरिक

Back to top button