
विराटनगर । झापाका एक जनामा आज कोरोना पुष्टि भए सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । यस अघि उदयपुरका २८ र भोजपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।