ताप्लेजुङका मनोज तमोर नदीले बगाएर बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदिले बगाएर एक जना बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Back to top button