पर्यटन मन्त्री भट्टराईले ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फ्रेन्स गर्दै, (फेसवुकमा LIVE हेर्न मिल्ने)

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ताप्लेजुङका सञ्चारकर्मीसँग अहिले केहीसमय पछि भिडियो कन्फ्रेस गर्ने भएका छन् ।

सरकारले गरिरहेको काम, पछिल्लो राजनितिक अवस्था र जिल्लाको विकासका लगि आफुले गरिरहेको प्रयासका विषयमा मन्त्री भड्डराईले आप्mना कुरा राख्ने बताइएको छ ।

जिल्लाका सञ्चारकर्मीले मन्त्री भट्टराई सँग यसै विषयमा जिज्ञासा राख्ने तयारी गरेका छन् । सो भिडियो कन्फ्रेन्स तपाईले EST NEPAL फेसवुक पेजबाट लाइभ हेर्न सक्नुहुनेछ । भिडियो कन्फ्रेन्स अहिले ९ बजे पछि सुरु हुनेछ ।

Back to top button