विश्वमा कोरोना : १ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाए, २५ लाख संक्रमित

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यू हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ । बुधबार विहानसम्ममा ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय ३८ पुगेको वल्डोमिटरले देखाएको छ ।

१६ लाख ८७ हजार ३३६ कोरोनाका संक्रमितको उपचार भइहेको छ । यसमध्ये ५७ हजार २५४ जनाको अवस्था गम्भीर रहको छ । बाँकीको अवस्था मध्यम रहेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५३ हजार १५९ मा कोरोनाको संक्रमण देखिसकेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजार २२७ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ ।

नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ ।

Back to top button