भारतमा आरडीटी परीक्षण स्थगित, नेपालमा धमाधम

विराटनगर, १० बैशाख । गलत रिपोर्ट आएको गुनासो बढेपछि भारतमा दूत परीक्षण भनिने आरडीटी परीक्षण स्थगित गरिएको छ ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएसँगै दुई दिनका लागि यो विधीबाट परिक्षण रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

र्यापिड टेस्ट्मा पोजेटिभ देखिदैनमा कोरोनानै हो भन्ने नहुने र धेरै पोजेटिभ रिपोर्ट पीसीआरमा नेगेटिभ समेत आएपछि नेपालमा पनि यसको काममा विश्वास घटेको छ । तर, नेपालमा भने टेष्ट धमाधम भइरहेको छ ।

Back to top button