पत्रकार महासंघ प्रदेश १ ले बाँड्यो मास्क र सेनिटाइजर

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश समितिले बुधबार मोरङ, सुनसरी र झापाका पत्रकारहरु सेनेटाइजर र मास्क बितरण गरेको छ ।

ती स्थानमा रहेका कार्यस्थलमा खटिने सक्रिय सञ्चारकर्मीको सुरक्षाका लागि वितरण गर्न भन्दै सुनसरीका पत्रकार महासंघ अध्यक्ष अमर खड्का, मोरङ पथरीका सञ्चारकर्मी सन्तोष राई र उल्र्लाबारीका सञ्चारकर्मीका लागि पत्रकार सरोज बस्नेतलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको पत्रकार महाँसंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईँटेलले जानकारी दिए ।

यस्तै झापाका सञ्चारकर्मीका लागि पत्रकार महाँसंघ झापालाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको छ । सुनसरीका लागि ६० वटा सेनिटाइजर र १ सय थान मास्क, पथरीका लागि २० वटा सेनिटाइजर र १ सय थान मास्क, उर्लाबारीका लागि २० थान सेनिटाइजर र १ सय थान मास्क र झापाका लागि १ सय ४० थान स्यानिटाइजर र ३ सय थान मास्क प्रदेश पत्रकार महासघको तर्फबाट पत्रकार रबिन भट्टराईले प्रदान गरेका हुन् ।

कोरोना संक्रमण फैलदै जाँदा सञ्चारकर्मीलाई सुरक्षित रुपमा रिपोटिङमा खटिने वातावरण मिलाउन पत्रकार महासघ प्रदेशलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ले उक्त मास्क र स्यानिटाइजर उपलब्ध गराउनु गराएका थिए ।

Back to top button