विवाहमा पाँचजना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं, १० बैशाख । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार यस्तो निर्णय गरेको हो ।

“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।” प्रशासनले भनेको छ ।

यस्तै प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित युवाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button