के मानिसहरुले तपाइँलाई बेवास्ता गर्छन् ? यसो गर्नुस् अब

विराटनगर । यदि तपाइँलाई आफू प्रति कसैले ध्यान नदिएको जस्तो लागीरहेछ र मानिसहरु तपाइँको कुरा सुनेर बेवास्ता गर्छन् । यदि तपाइँ समुहमा बसेर तब पनि तपाइँको कुरामा ध्यान दिदैनन् यति सम्म कि आफ्नै साथीहरुले पनि यस्तो व्यवहार गर्छन् । सबैले यस्तो गर्नुको कारण तपाइँमा केहि गल्ती हुनसक्छ जुन आफैलाई थाहा छैन ।

आज हामीले कारणहरुको बारेमा बताउन लागेका छौ पक्कैपनि तपाइँको जीवनमा सुधार ल्याउनेछ र तपाइँको कुरा अरुले ध्यान दिएर सुन्नेछन् । यदि तपाईले आफैमा यी कारणहरुको पहिचान गरी स्विकार गरेमा सुधार गर्ने प्रयास गरेमा सबै मानिसहरुको प्रिय बन्ने निश्चित हुनेछ । तपाइँ र तपाइँको बारेमा चासो लिन थाल्नेछन् । त्यसोभए ती कारणहरु थाहा पाऔ ।

  • तपाइँले अर्काको कुरा सुन्नुहुन्नः जब कोही तपाइँलाई हेरेर कुरा गर्दै छ भने उसको कुरालाई चासो दिएर ध्यानले सुनेर मात्र आफ्नो कुरा राख्नुपर्छ ।
  • तपाइँ धेरै बोल्नुहुन्छः यदि तपाइँ धेरै बोल्दै हुन्छ भने नजिकमा भएको व्यक्तिले कत्तिको ध्यान दिइरहेछमा याद गर्नुपर्छ । कसैको बारेमा कुरा गर्नु छ भने जति बुझेका छौ त्यतिमात्र बोल्नु उचित हुन्छ ।
  • तपाइँ धेरै आलोचना गर्नुहुन्छः यदि कसैको बारेमा नराम्रो सोच्नुहुन्छ भने उसलार्य लाग्छ कि आफ्नो पनि अरुसँग आलोचना गर्छ । त्यसैले दोषबाट बच्नको लागि कोशिश गर्नुपर्छ ।
  • आफ्नो गल्ती नदेख्नुः आफुले गरेको गल्तीको बारेमा थाहा हुँदा हुँदै स्विकार नगर्नु सबैभन्दा ठुलो गल्ती हो ।
  • अरुको समयको मुल्य नचिन्नुः आफुले अरुसँग आवश्यक मात्र कुरा गर्नुपर्छ । फाल्तु कुरा गरेर समयको नष्ट गर्नु हुँदैन ।
  • मसँग समय छैनः कसैले तपाइँलाई भेट्न बोलाउदा मसँग समय छैन भन्दा तपाइँसँग साथी टाढीन सक्छ । यसपछि भेट्दा यसले बेवास्त गर्न सक्छ । सधै आफ्नो तारिफ गर्नुः बारम्बार आफ्नो तारिफ मात्र गर्दा नजिकको मानिसले आफु सानो भएको महसुस गर्छ ।
  • सधै स्वार्थी कुरा गर्नेः यदि कसैले मात्र आफ्नो स्वार्थको लागि मलजल गर्नुहुँदैन । कसैसँग पनि स्वार्थी कुरा गर्नु हुँदैन ।
  • नकरात्मक सोचः आफ्नो दुखको सामना आफै गर्नुहोस् । सधे आफ्नो सोच सकरात्मक राख्नु पर्छ । हरेक संघर्षको मुकाविला गरेर योद्धा बन्नुपर्छ ।
Back to top button