मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै

विराटनगर । मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

झन्डै महिना दिनदेखि जारी लकडाउनले मजदुर तथा श्रमिक वर्गमा पारेको प्रभाव र उनीहरू हिँड्दै घर गइरहेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले हिँड्दै विभिन्न ठाउँमा पुगेका ती श्रमिक र मजदुरलाई व्यवस्थित तरिकाले राख्न थप निर्णय गर्ने अपेक्षा गरिएको छ।

Back to top button