प्रदेश १ मा ३ सय ८७ जनाको पीसीआर परीक्षण

अन्तिम रिपोर्ट अब टेकुको कुर्नु नपर्ने

विराटनगर । प्रदेश १ का दुई स्थानमा रहेका पीसीआर विधिबाट परिक्षण गर्ने ल्याबमा हाल सम्म ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये १३ जनाको कोरोना पुष्टि भई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेट प्रमाणित गरिसकेको छ ।

प्रदेश १ को सुनसरी स्थित धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । दुई स्थानमा गरी आइतबार सम्ममा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमूना परीक्षण भएको छ । सो परिक्षणमा रिपोर्ट पोजेटीभ आए धरान र विराटनगरमा थप परिक्षण गरिदै आएको छ । अहिले प्रदेशका सबै १४ जिल्लाका प्रत्येक स्थानस्य तहमा आरडीटी परिक्षण भईरहेको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल ६ सय ७६ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ । दुई जना नेपाली र ११ जना भारतीय नागरिकमा कोरोना भएको हो ।

अब फाइनल रिपोर्ट बीपीले दिने
यस अघि प्रदेशको ल्यावमा स्वाब परिक्षण गर्दा पोजेटीभ रिपोर्ट आए टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेपछि मात्रै अन्तिम रिपोर्ट मानेर सार्वजनिक गर्ने गरिएको थियो । तर, आइतबारबाट भने सो नियम हटेको छ ।

अब प्रदेश १ को अन्तिम रिपोर्ट सुनसरी स्थित धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकाल्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणण रिपोर्ट प्रदेश १ को बीपीले फाइनल गर्ने बताए ।

विराटनगरको कोशी अस्पतालमा पोजेटीभ रिपोर्ट आए त्यसलाई धरानमा पुन परीक्षण गरी अन्तिम मानिनेछ भने धरानमानै परिक्षण भएकोलाई दोहो¥याएर परिक्षण पछि फाइनल रिपोर्ट मानिने प्रवक्ता देवकोटाले बताए ।

Back to top button