
विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा १३ जना संक्रमित राखिएको छ । उनिहरुको रेखदेख र उपचारमा ५ जना चिकित्सक, केही नर्स र अन्य कर्मचारी खटिएका छन् । तर, चिकित्सक र कर्मचारीलाई अब रोवर्टले पनि साथ दिने छ ।
कोरोना विशेष अस्पताल परिषरमा औषधी छर्कने देखी कोरोना संक्रमितलाई खाना पु¥याउन सम्म रोबर्टले साथ दिने व्यवस्था मिलाइएको छ । रोबर्ट भने विराटनगर महानगरपालिकाको संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएरे विकास गरेको हो ।
मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको सम्पर्कबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको जानकारी दिए । रोवर्ट बनाउन ५० हजार रुपैयाँ खर्च गरिएको छ ।
रोवर्टलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन सकिन्छ । ३.५ फिट उचाइ र ४० किलोग्राम वजन भएको रोवर्ट सोमबारदेखि सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।