तेह्रथुममा कोरोनाको संकेत, एक जनाको आरबीटीमा पोजेटीभ

तेह्रथुम । तेह्रथुममा एक जना व्यक्तिमा कोरोना संक्रमण पोजेटीभ देखिएको छ । शनिबार गरिएको आरबीटी परिक्षणमा मेन्छ्यायम गाउँपालिका एक जना व्यक्तिको रिपोर्ट पोजेटीभ देखिएको हो ।

शनिबार मात्रै तेह्रथुममा १ सय ५८ जनाको आरबीटी परिक्षण गरिएको थियो । जसमध्ये एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।

उनको स्वाब लिएर थप परिक्षणका लागि धरान पठाइएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिपोर्ट आएपछि मात्रै कोरोना पोजेटिभ वा नेगेटीभ छुटिनेछ ।

Back to top button