जब सडकभरि नोट छरिएको अवस्थामा भेटियो……..

एजेन्सी । भारत नयाँदिल्लीको लरेन्स रोडमा पाँच सय दरका नोट छरिएको अवस्थामा भेटिए। तर त्यसलाई न कसैले टिपे, न त्यसबारे कुनै चासो नै दिए । स्थानीय बासिन्दाले ठाने–कोरोना भाइरस फैलाउन नोटको प्रयोग भएको हुनसक्छ। लगत्तै प्रहरीलाई खबर गरियो ।

प्रहरीले सडकमा फालिएको नोट सेनिटाइज गरेर टिप्यो र खाममा हालेर चौकी लग्यो ।

तर, यसरी सडकभरि पैसा छरिनुको रहस्य प्रहरीले पछि पत्ता लगायो । एक महिलाले एटिएमबाट पैसा निकालेपछि सेनिटाइजरले धोएर बाल्कोनीमा सुकाएकी थिइन्। तर हावा चलेपछि उडाएर पैसा सडकभरि छरिएको थियो ।

पैसा उठाएका एक प्रहरीले भने, ‘सडकमा छरिएको पैसा कसैले नउठाएको देख्दा यस्तो लाग्यो देशमा राम राज्य सुरु भएको छ ।’ बीबीसी हिन्दी

Back to top button