७५ थान पीपीइ बोकेर ताप्लेजुङ पुग्यो हेलिकोप्टर

ताप्लेजुङ । एनआरएनए कोरिया र पुतली सहयोग योजनाले पठाएको ७५ थान पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) हेलिकोप्टर मार्फत ताप्लेजुङ पुर्याइएको छ ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार एनआरएनए कोरियाले पठाएको २५ थान कोरियन पीपीइ र पुतली सहयोग योजनाले पठाएको ५० थान नेपाली पीपीइसहितका स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको हो ।

पुतली सहयोग योजनाले भने मास्क र पञ्जा पनि पठाएको छ । सो सामग्रीलाई आज बस्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले आवश्यकताअनुसार जिल्लाका स्वास्थ्य संस्थामा वितरण गर्ने संयोजक मादेनले बताए ।

Back to top button