विश्वमा कोरोना : मृतकको संख्या १ लाख ४५ लाख नाघ्यो, झण्डै २२ लाख संक्रमित

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ ।

२४ घण्टाको अवधिमा  ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।

Back to top button