नेकपा मोरङले दियो सुरक्षाकर्मीलाई पीपीई सेट (भिडियो)

विराटनगर । नेकपा मोरङले कोरोना भाइरस रोकथामका लागि खटिने सुरक्षाकर्मीलाई वितरण गर्न पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट सुरक्षा समितिलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार विहान जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई नेकपा मोरङले एक सय थान पीपीई सेट हस्तान्तरण गरेको हो ।

सडकमा चेकजाँचमा खटिने नेपाल प्रहरी र सीमा क्षेत्रमा खटिने शसस्त्र प्रहरीका लागी ५०/५० थानका दरले हुनेगरी पहिलो चरणमा सय थान पीपीई सेट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि पहिलो घेरामा खटिने स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मी पनि जोखिममा रहेकाले नेकपा मोरङको प्रयासमा पीपीई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

‘मोरङका कतिपय स्थानमा संक्रमणको आशंकामा नागरिक सम्म पुग्न, समाउन र स्वास्थ्य संस्था र क्वारेन्टाइन सम्म पुर्याउन सुरक्षाकर्मीनै खटिनुपर्ने अवस्था छ,’ अध्यक्ष पोखरेलले भने ‘यो अवस्थामा उहाँहरु प्नि असुरक्षित हुने भएकाले हामिले जिल्ला तहमानै भए पनि यो सानो सहयोग गरेका हौँ ।’

नेकपा निकट व्यवसायीसँगको सहकार्यमा पहिलोचरणमा एक सय थान पीपीई हस्तान्तरण गरिएको र आगामी दिनमा पनि आवस्यक परेको अवस्थामा ‘फन्ट लाईन’मा खटिने सुरक्षा निकाय सहित सबैलाई सहयोग गर्न नेकपा तयार रहेको अध्यक्ष पोखरेल बताउँछन् ।

नेकपाले हस्तान्तरण गरेको पीपीई लिर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्राप्त सामाग्रीको उचित स्थानमा सहि सदुपयोग गरीने बताए ।

भिडियो

Back to top button