शरणार्थी शिविरमा गाई काट्ने दुईजना पक्राउ

विराटनगर । झापाको बेलडाँगी शरणार्थी शिविरबाट प्रहरीले गाई काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा बेलडागी २ हर्ट नम्बर २९५ सेक्टर नम्बर ए का को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी २ हर्ट नम्बर २०८ सेक्टर नम्बर ए तीन का ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन ।

विहीबार बेलुका करिब ८ बजे उनिहरुले गाई काटिरहेको भन्ने सूचना प्रहरीमा पुगेपछि ईलाका प्रहरी कार्यालय दमकलको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी पुग्दा दुबैजना मासु काटिरहेक थिए ।

उता खोटाङ हलेसी तुवाचुङ ५ मयांखु मा पनि गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन ।

विहीबार साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालाई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

Back to top button