लकडउनमा न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा, घर घरमा औषधी पुर्याउने तयारी

विराटनगर । कोरोना भाइरसको रोकथामका लागि सरकारको गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरुबाट वञ्चित सेवाहग्राहीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै न्यूरो हस्पिटलले ‘कल न्यूरो’ ल्याएको छ ।

झण्डै एक महिना देखिको लकडाउनले अत्यावश्यक बाहेकका नियमित गर्ने जाँच गर्न कठिनाई भोगिरहेका नगरवासिका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको छ । हस्पिटलले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन, बिरामीहरुले घरमै बसि फोन मार्फत नै बिभिन्न सेवाहरु प्राप्त गर्नसकिने उद्देश्यले ‘कल न्यूरो’ सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत सेवाग्राहीले मुख्य ३ सेवा सुविधाहरु प्राप्त गर्न सकिने छन् । जस अन्तर्गत टेलिमेडिसिन सेवा, होम डेलिभरि मेडिसिन सेवा र होम स्याम्पल कलेक्सन (प्याथोलोजि) सेवा रहेका छन् । देश लकडाउनको अवस्थालाई पालना गर्दै यस, अस्पतालले टेलिमेडिसिन सेवा अन्तर्गत बिरामीहरुले घरमै बसि फोन, मेसेज मार्फत बरिष्ठ विशेषज्ञ चिकित्सकहरु संग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिने छन् । यस सेवामा बिरामीहरुले बिहान साढे १० बजे देखि साढे १२ बजे सम्म सम्बन्धीत वरिष्ठ विशेषज्ञ चिकित्सक संग स्वास्थ्य परामर्श लिन सक्ने छन् ।

कुन दिन ? कुन चिकित्सक संग सम्पर्क गर्ने ? र उनिहरुको फोन नम्बर हस्पिटलको फेस्बुक पेजमा प्रकाशन गरिने छ । यस्तै होम डेलिभरि मेडिसिन अन्तर्गत बिराटनगर महानगरपालिका भित्र घर—घरमा औषधी पुरयाउने सेवा सुचारु गरिएको छ ।

चिकित्सकको प्रिस्क्रिपशनको आधारमा औषधी प्रदान गरिनेछ । यो सेवाका लागि सेवाग्राहीले यस हसिप्टलको फेस्बुक पेजमा सम्पर्क गरि सेवा प्राप्त गर्न सक्नेछन् भने, ९८५२०३२९९४ को वाड्स एप वा outreach@neurohospital.com.np मेलको माध्यमबाट प्राप्त प्रिस्क्रिप्शनको सप्mट कपीको आधारमा औषधी डेलिभरी गरिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

Back to top button