उदयपुरको मस्जिदमा लुकेका ८ भारतीयमा भेटियो कोरोना

विराटनगर । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ मध्ये ८ जनाको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

अन्यको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि सबै रिपोर्ट एकैपटक सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ । भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीहरुसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीहरुको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनिहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । annapurnapost.com

Back to top button